एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणको खेल हुँदै
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दोस्रो चरणको खेल शुरु हुने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रयोगितामा दोस्रो चरण अन्तर्गत आज दुई खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो ।
दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । अपराह्न सवा ४ बजे हुने अर्को खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो ।

.gif)