sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले  पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले  बुधबार नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन् ।

चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्