sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

कांग्रेसले थाल्यो‘ एक महिने जरामा जाऊँ अभियान’

१ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

   काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर ‘एक महिने जरामा जाऊँ अभियान’ को थालनी गेका छन् । सभापति थापाले आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको हो । यससँगै नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ ।

    अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइ सकेको छ ।  केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न निर्देशन समेत दिइएको छ । ‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य सहित यो अभिायानको थालनी गरेको हो ।

कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गर्ने तयारीलाई तिव्रता दिएको छ । कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागु गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ ।

सबै क्रियाशील सदस्यहरूको व्यक्तिगत विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको जनाइएको छ । कांग्रेसले ‘एक महिने जरामा जाऊँ अभियान’ का क्रममा क्रियाशील सदस्यता अध्यावधिक गर्न जाँदा ‘ओटीपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन केन्द्रीय प्रतिनिधिहरूलाई  निर्देशित गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्