प्रधानमन्त्री नबोलेरै संसद् अधिवेशन अन्त्य
काठमाडाैं । प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गएको चैत्र १९ गतेदेखि शुरू भएको अधिवेशनमा ६ वटा बैठक बस्यो । यस बीचमा संसदले सभामुख, उपसभामुख चयनसँगै विषयगत समितिहरू गठन गरेको छ ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्नुभयो । राष्ट्रपतिले पहिलो अधिवेशनलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था र प्रधानमन्त्रीले पनि सामान्यतया बैठकलाई सम्बोधन गर्ने अभ्यास छ ।
तर, यसपटक प्रतिनिधिसभाको झन्डै दुईतिहाइ मतको विश्वासमा प्रधानमन्त्री बन्नुभएका शाहले उक्त परम्परा तोड्दै संसद्मा एक शब्द पनि बोल्नुभएन बरु, सिंहदरबारमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर छलफल गरेर सुझाव र सल्लाह लिनुभयो । हेरौ एक रिपोट...
https://youtu.be/qvN0SFEktb0?si=ZcSciKTzkw7iPykm
