sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु देउवाविरुद्ध पक्राउ पूर्जी जारी

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने

२५ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा तानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंबाट मंगलबार पक्राउ पूर्जी जारी गरिएको हो । देउवा दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । विभागले सम्पत्ति शुद्धीकरणका विषयमा बयान गर्नुपर्ने भएपछि पक्राउ पुर्जी जारी गरिएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नै देउवा दम्पतिमाथि अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो । 

त्यसपछि विभागले अनुसन्धान सुरु गरेको थियो । चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि यसलाई झन् तीब्रता दिइएको छ । देउवा भने उपचारका लागि भन्दै चुनाव समेत छाडेर फागुन १३ गते सिंगापुर उडेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्