sevenstartv.com १६ असार २०८३, मङ्गलवार

समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुन्छ : सांसद् महत

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् ।

जनकपुरधाममा अयोजित एक कार्यक्रममा महतले कांग्रेस र एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिवद्धता जनाएका हुन् । 

उनले नेकपा माओवादी केन्द्रले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए । उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताएका छन् । 

सांसद् महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए । उनले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्युन हुनु चिन्ताको विषय रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्