sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेका छन् : शंकर पोखरेल

२४ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको टिप्पणी गरेका छन्  । 

उनले बालेन्द्र शाह नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका हुन् ।  दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि प्रश्न गरे ।

सरकारले लिने ऋणको उपयोगिता र त्यसको प्राथमिकताका विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने पोखरेलको माग छ । उनले सरकारले संसद् र जनताप्रति उत्तरदायी भएर पारदर्शी जवाफ दिनु आवश्यक रहेको बताएका छन् । बिनाकुनै ठोस योजना र प्राथमिकता ऋण थप्दै जाँदा त्यसले दीर्घकालीन रूपमा मुलुकलाई पार्न सक्ने प्रभावबारे उनले सचेत गराएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्