कांग्रेस संसदीय दलको बैठक बस्दै
पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुले दलको नेता चयन गरिसके पनि कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता तय गर्न सकेको छ । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई, भरतबहादुर खड्कालगायतको नाम चर्चामा छ ।
