sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

२३ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत छैटौँ बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठमा प्रदेश सभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै तयारी पुरा भएको जानकारी दिएको हो ।

बैठकको मुख्य आकर्षणका रूपमा प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक रहनेछ। सो विधेयक वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।

विधेयक पेस गर्नुअघि बैठकको सुरुवाती समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्