मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो । सरकारले अहिले आफ्ना कामकारबाही सोही कार्यसूचीअनुसार गरिरहेको बताएको छ ।
