sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

२२ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले “लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक” सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले “जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक“ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्