मलाई प्रयोग गरेर गगनलाई प्रहार गर्ने प्रयास भयो : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएका छन् ।
आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भन्दै हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने उनको भनाइ छ । विस २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ ।
सभापति थापासँग जोडेर हुने गरेको टिप्पणीहरू बनिबनाउ षड्यन्त्र भएको उनको भनाइ छ । उाँले नेपाली कांग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए ।
