नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ आइतबार लिने भएका छन् ।
सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
