sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको छ : मन्त्री चौरसिया

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताएका छन् । संसदीय समितिमा मन्त्री चौरसियाले विधेयकले पनि कानून निर्माणका लागि संसदलाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गरेका हुन् । 

मन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तराष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे मन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताएका छन् । 

यो पनि पढ्नुहोस्