हवाई इन्धनको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।
राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९ सय ६६ डलर रहेकोमा १ हजार ७ सय ८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १ हजार ७ सय ३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १हजार ७ सय १६ डलर कायम गरिएको छ ।
