sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला

दुई जनाको मृत्यु, एक जना घाइते

१७ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना ९युनिफिल०का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटबाट शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको थियो । 

सोमबार भएको यो पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको ज्यान गएको र एक जना घाइते भएको युनिफिलले सामाजिक सन्जालमार्फत जानकारी दिएको छ । यसअघि गत आइतबार पनि दक्षिणी लेबनानकै अल–कुसायर नजिकै युनिफिलको एक पोष्टमा आक्रमण हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो । 

साथै लेबनानकै माइस–अल–जबाल भन्ने ठाउँमा नेपाली शान्ति सैनिक रहेको कमाण्ड पोष्टमा आक्रमण भएको थियो । सो आक्रमणमा शान्ति सैनिकका व्यक्तिगत केही सामानमा क्षति पुगे पनि मानवीय क्षति भएको थिएन । हिजो सोमबारको दिन भएको आक्रमणमा परी मृत्यु हुने दुई जनामध्ये एक जना इन्डोनेसियाका सैनिक रहेको पुष्टि भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्