sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

१६ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहनुभएका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले बताएका छन् । 

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उहाँलाई प्रहरी प्रभाग पुचोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो । अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्