sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

मन्त्रिपरिषद् बैठक बस्दै

१६ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाउने भएका छन् । बालेनले सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।  यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो । पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि सयवटा कार्यसूची पारित गरेको थियो ।  

आजको मन्त्रिपरिषद् बैठकले पनि महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ । यसअघिका सरकारले पनि हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्का बैठक गर्दै आएका थिए । नव गठित सरकारले पनि आज सोमबार नै मन्त्रिपरिषद् बैठक आह्वान गरेको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्