sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पूर्व प्रधानमन्त्री ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

१५ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौ जिल्ला अदालतका न्यायाधिश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्  ।  उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । तर  अदालतले ५ दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।  गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो शनिबार बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो । आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्