sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पक्राउ परेका ओली अस्पताल भर्ना

१४ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार बिहान पक्राउ परेका ओलीलाई शिक्षण अस्पताल लगिएकोमा उनलाई शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । यो बेड मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई राख्ने बेड हो ।

मिर्गौला प्रत्यारोपणका बिरामी ओलीलाई चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको छ । ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्