यस वर्षको दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने राष्ट्र बैंकको तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो दसैँमा नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने तयारी गरेको छ ।
यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन रहेको थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलका अनुसार नयाँ नभई यो वर्ष सुकिला नोट प्रयोग गरिने छ ।
उनले यो वर्ष सर्वसाधारणलाई सुकिला र सफा नोट दिइने बताए । राष्ट्र बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याउने तयारी गरेको हो ।
यसअघि दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । तर यो वर्ष नयाँ नोट नछापिएको राष्ट्र बैंकले जनाएको छ ।

.gif)