sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

रास्वपा सभापति लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

५ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार काठमाडौं उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा भएकाले हिजो भने बहस हुन सकेन। सम्भवतः बहस सकिएमा आजै फैसला आउन सक्नेछ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्