प्रदेश संरचनालाई भंग गर्नुपर्छ : सांसद् कार्की
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताएकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद् कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताइन् ।
गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उनले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गरीन् ।






