sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

आफ्ना सांसदलाई रविको चेतावनी : 'भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ'

४ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनता सम्झिने प्रवृत्तिले जनविश्वास घट्दै गएको बताए। यस्तो अवस्था कायमै रहे भविष्यमा जनताले नेताको अभिवादनसमेत स्वीकार नगर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिएका हुन् । उनले सांसदहरूलाई जनतासँग निरन्तर जोडिएर काम गर्न र विश्वास जित्ने गरी पाँच वर्ष काम गर्न निर्देशन दिए ।

लामिछानेले यो पाँच वर्षलाई सामान्य रूपमा नलिन पनि आग्रह गर्दै परम्परागत ढंगले राजनीति गर्ने प्रवृत्तिबाट टाढा रहन सुझाए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्