sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

४ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।


निर्वाचनपश्चात् पहिलोपटक आइतबार बसेको कांग्रेसको बैठकले समानुपातिक सांसद छनोट गरेको थियो ।  त्यसपश्चात यो दोस्रो बैठक आह्वान गरिएको हो । फाल्गुन २१ भएको निर्वाचनबारे जिल्लागत रिपोर्ट संकलन गरिरहेको कांग्रेसले बैठकमा निर्वाचनको समीक्षा गर्ने उनले बताएका छन् । 


बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्