निर्वाचन सफल पार्न भूमिका खेलेकोमा प्रधानमन्त्री कार्कीले दिइन् नेकपालाई धन्यवाद
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएबी छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् । उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
उनले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।
