sevenstartv.com १ जेठ २०८३, शुक्रवार

रवि र बालेनप्रतिको आशाले आएको जनमतले जिम्मेवार बनाएको उपसभापति अर्यालको भनाई

सरकारले बाटो विराउँदा प्रश्न गुर्नपर्ने स्वर्णिमको धारणा

३ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा र विश्वासकै कारणले ठूलो जनमत प्राप्त भएको बताएका छन् ।  पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै जनमतले जिम्मेवार र गम्भीर बनाएको बताए । 

कुल खसेको मतको ७० प्रतिशत एउटै पार्टीले पाउनु विरलै देख्न सकिने भएकाले त्यसलाई गम्भीर रुपमा लिएर जानुपर्ने उनको भनाई छ । उनले रास्वपाले अनुशासित समाज निर्माण गर्नुपर्ने बताए । यस्तै, अर्का उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् ।  सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने उनको भनाई छ । 

आ–आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्ने  उहााले बताउनुभयो । नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने स्वर्णिमको भनाइ छ । बाचा पत्रको थिम थिति बसाल्ने संकल्प रहेको भन्दै उनले नेपालमा अभूतपूर्व समर्थन जनताले दिएकाले जनअपेक्षाअनुसार अघि बढ्नुपर्ने बताए ।  रास्वपाले काम गरेरै देखाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्