नेप्से परिसूचक ६ दशमलव ९० अङ्कले बढ्याे
काठमाडौं । सोमबार १२७ अङ्कले बढेको शेयर बजार मंगलबार पनि वृद्धिमा निरन्तरता देखिएको छ । सोमबार १२७ अंकले बढेको शेयर बजारमा मंगलबार केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो ।
दिनभरको उतार चढावका बीच शेयर बजार परिसूचक नेप्से ६ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ । मंगलबार विकास बैंक, होटल, बीमा, माइक्रो फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । मंगलबार १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन हिमालयन पावर पार्टनर र दोल्तीपावर कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले घटेको छ । मंगलबार तीन सय २८ वटा कम्पनीका तीन करोड पाँचलाख कित्ता शेयर १३ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

.gif)