sevenstartv.com १५ असार २०८३, सोमवार

निर्वाचन आयोगले समानुपातिक तर्फको सिट सङ्ख्या अझै यकिन गर्न सकेन

आजै सिट संख्या यकिन गरी दलहरूलाई सूची पठाउने तयारी

२८ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ पाएको मतका आधारमा कति सिट पाउने भन्ने यकिन गर्न सकेको छैन ।  समानुपातिक प्रणालीतर्फको मत बुधबार गणना गरिसके पनि अहिलेसम्म कुन दलले कति सिट पाउने भन्ने यकिन गर्न नसकेको हो । 

आयोगको राजनीतिक दल महाशाखा प्रमुख सहसचिव का यज्ञप्रसाद भट्टराईले समानुपातिक मतका आधारमा दलहरूले पाउने सिट सङ्ख्या अझै यकिन भइ नसकेको बताउनुभयो । सिट सङ्ख्या यकिन भएपछि आजै दलहरूलाई सिट अनुसार कलस्टर मिलाएर सांसद बन्नेहरूको सूची पठाउन पत्राचार गर्ने तयारी पनि आफूहरूको रहेको भट्टराईले बताए । 

 यसअघि बुधबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बुधबारै समानुपातिकतर्फको सिट संख्या यकिन गरेर दलहरूलाई पत्राचार गर्ने तयारी भइरहेको बताएका थिए । तर, दलहरूले पाएको मत निश्चित गर्न र सिट सङ्ख्या यकिन गर्न समय लागेकाले त्यो प्रक्रिया लम्बिएको आयोगका पदाधिकारीहरू बताउँछन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्