sevenstartv.com १ जेठ २०८३, शुक्रवार

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदले लिए शपथ

२५ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदले शपथ लिएका छन् ।

सिंहदरबारस्थित कानून न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका छन् ।

माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचनको प्रावधान छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्