sevenstartv.com १ जेठ २०८३, शुक्रवार

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन बन्द

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थितिलाई लक्ष्य गरी सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राललयले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको जानकारी दिएको  छ। अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको बताइएको छ ।

मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ । इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्