sevenstartv.com १ जेठ २०८३, शुक्रवार

अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली आइपुगे काठमाडौं

१६ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् । चार्टर विमानमा राखी पठाइएका उनीहरू आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका हुन् ।

एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गएको माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो । अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि, भदौ १९ गते अमेरिकाले एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो । 

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएको उक्त देशले जनाउँदै आएको छ । डिपोर्ट गरिएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे यहाँस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी गराउने गरेको छ । 

विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्