sevenstartv.com १ जेठ २०८३, शुक्रवार

धाँधलीरहित निर्वाचनका लागि गम्भीर बन्न सरकारलाई ओलीकाे आग्रह

१५ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । 

झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे । कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने भन्दै उनले निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता नदिने बताए ।

मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको तर्क छ । चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने दाबी गर्दै उनले देशमा आइपरेका समस्याको समाधान निकाल्ने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्