स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
काठमाडौं । मगर एकता दिवसको अवसरमा आज स्याङ्जाका ८ वटा पालिकामा सार्वजनिक बिदा दिइएको छ ।
हरेक वर्ष फागुन १५ गते राष्ट्रिय एकता दिवस पर्छ । अघिल्ला वर्षहरूमा पनि यी पालिकाले सार्वजनिक बिदा दिने गरेका थिए ।
मगर बाहुल्य वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।
