sevenstartv.com ५ पुष २०८२, शनिवार

अस्मिताको ह्याट्रिकमा बाग्मतीको शानदार सुरुवात, सुदूरपश्चिम ५-१ ले स्तब्ध

१७ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले शानदार सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५-१ को गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीका लागि अस्मिता खवास, सहारा लिम्बु र आरती भुजेलले गोल गरेका हुन । खवासले ह्याट्रिक गरिन् ।

खेलको १७ औं मिनेटमा अस्मिताले बागमतीलाई अग्रता दिलाइन् । खेलको २६ औं मिनेटमा सहाराले बागमतीका लागि दोस्रो गोल गरिन् । खेलको ३७ औं मिनेटमा आरतीले बागमतीका लागि तेस्रो गोल गरिन् ।

यस्तै, दोस्रो हाफको ८० र ८२ औं मिनेटमा गोल गर्दै खवासले ह्याट्रिक पूरा गरिन् । ९० औं मिनेटमा तुल्चा बोहोराले सुदूरपश्चिमका लागि एक गोल फर्काइन् ।

लिगमा मंगलबार दुई खेल हुनेछ । मंगलबार हुने पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच मध्यान्ह साढे १२ बजे भिडन्त हुनेछ ।

मंगलबार नै एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच पतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल भने अपरान्ह सवा ४ बजे सुरु हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्