sevenstartv.com १ जेठ २०८३, शुक्रवार

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

१४ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

डिलासैनी गाउँपालिका वडा न ७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको हो ।डिलासैनी– ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अम्दाजी २६ वर्षीय माधव धामी घाइते भएका हुन् । 

घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । यस विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्