sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

बालेन शाहले मुलुकको मुहार फेर्छन् भन्ने ग्यारेन्टी छैन : सांसद भट्ट

१४ माघ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व शाहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए ।

सांसद भट्टले शाहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाए । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारीमा जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्न खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उनले जिकिर गरे ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्