sevenstartv.com ५ पुष २०८२, शनिवार

एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

१५ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग ९एनपीएल० मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

एनपीएलको टोलीको नाम पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट राखिएको छ ।

काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् । अन्य सहरबाट नामाकरण भएका हुन् ।


एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्