sevenstartv.com ६ पुष २०८२, आइतवार

दक्षिणी युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु, २७ जना घाइते

६ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । ओडेसा क्षेत्रका प्रमुख ओलेह किपरले बन्दरगाहमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जानकारी दिए । घाइतेमध्ये केही व्यक्तिहरू सडकमा गुडिरहेको बसमा सवार थिए । मिसाइल प्रहारका कारण पार्किङमा राखिएका ट्रकहरूमा आगलागी हुनुका साथै कैयौँ कारहरूमा क्षति पुगेको छ ।  

रुसी रक्षा मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा ओडेसा आक्रमणको सीधै पुष्टि नगरे पनि युक्रेनी सेनाले प्रयोग गर्ने यातायात, भण्डारण पूर्वाधार र ऊर्जा सुविधाहरूमा आक्रमण गरिएको बताएको छ । यसैबिच युक्रेनको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै क्यास्पियन सागरमा रुसी तेल रिग (प्लेटफर्म) र सैन्य गस्ती जहाजलाई निशाना बनाएको दाबी गरेको छ । युक्रेनका अनुसार रुसी तेल कम्पनी ’लुकोइल’द्वारा सञ्चालित फिलानोव्स्की तेल र ग्यास क्षेत्रको ड्रिलिंग प्लेटफर्ममा पनि क्षति पुगेको छ । 

यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।  युद्धको समाधान खोज्न युक्रेनले फेरि कूटनीतिक सक्रियता बढाएको छ । रुस र युक्रेनबिचको यो युद्ध पछिल्ला दिनहरूमा झन् उग्र बन्दै गएको छ, जहाँ दुवै पक्षले एकअर्काका रणनीतिक र आर्थिक पूर्वाधारहरूलाई निशाना बनाइरहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्