sevenstartv.com ४ पुष २०८२, शुक्रवार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँने भएका छन् । प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ ।

 बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ । यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो  ।मुख्यमन्त्री भएको १५ दिनपछि उहाँले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्