sevenstartv.com ४ पुष २०८२, शुक्रवार

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताएका छन् ।

‘विशेष सैन्य अभियानको लक्ष्य निश्चित रूपमा प्राप्त हुनेछ । बर्लिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिहरूसँग दुई दिनको वार्तापछि युक्रेनले सोमबार किएभको भविष्यको सुरक्षा सुनिश्चितताको प्रश्नमा भएको ‘प्रगति’ को प्रशंसा गरेसँगै पुटिनको यो कडा टिप्पणी आएको हो । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युक्रेनले कुन क्षेत्र रूसलाई सुम्पनु पर्छ भन्ने प्रश्नमा मतभेद बाँकी छ । युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिता बिना तयार गरिएको वासिङ्टनको प्रारम्भिक प्रस्तावमा किएभलाई आफ्नो पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसको रूपमा मान्यता दिने जनाइएको थियो । 

संशोधित योजनाको वर्तमान विषयवस्तु अस्पष्ट छ । यसअघि बुधबार रुसले बर्लिनमा भएको वार्ताको परिणामबारे अमेरिकाबाट सूचनाको पर्खाइमा रहेको बताएको थियो । सन् २०२२ सेप्टेम्बरमा रूसले आधिकारिक रूपमा डोनेट्स्क, लुगान्स्क र खेरसोन क्षेत्रहरू कब्जा गरेको दाबी गरेको थियो । यद्यपि, ती सबैमा उसको पूर्ण सैन्य नियन्त्रण थिएन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्