एमालेको नेतृत्व चयनको लागि भैरहेको मतदान अन्तिम चरणमा, नतिजा आजै आउने
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । बुधबार बिहान साढे ९ बजेपछि सुरू भएको मतदानमा बिहीबार बिहानसम्म २१ सयभन्दा धेरै मत खसेको छ। प्रतिनिधिले घन्टौं पालो पर्खेर रातभर मत हालेका थिए ।
अझै १ सय जना बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। एमालेमा २२ सय ६३ प्रतिनिधि छन् । विद्युतीय मतदानबाट मत खसाल्ने व्यवस्था गरिए पनि समयका हिसाबले निकै सुस्त देखिएको छ । एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जना उम्मेदवार छन् ।
मत हाल्न एकजनालाई छिटोमा ९ मिनेटदेखि बढीमा दुई घन्टा चार मिनेटसम्म लागेको निर्वाचन आयोगले जनाएको छ। मतदानमा ८० वटा मेसिन प्रयोग गरिएको छ। एमालेमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।
एमालेको नयाँ नेतृत्वमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन भएको हो। मतदान सकिएको तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जनाइएको छ।

.gif)