मधेस प्रदेशमा रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने
काठमाडौं । मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ ।
पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिइन् । सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।
यसअघि बुधबार नै सभामुख चयन प्रक्रिया अघि बढाइने भनिए पनि नेकपा एमालेको ११ औँ महाधिवेशनका कारण प्रक्रिया स्थगित गरिएको थियो । एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेकाले सभामुख चयन प्रक्रिया केही समयका लागि पछाडि धकेलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ ।

.gif)