जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प
काठमाडौं । जापानको उत्तर-पूर्वी क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ ।
स्थानीय समयअनुसार बिहान ११:४४ बजे गएको यो भूकम्पको गहिराइ २० किलोमिटर रहेको थियो । भूकम्पको केन्द्रविन्दु आओमोरी प्रिफेक्चरको पूर्वी तटबाट टाढा रहेको छ ।
जेएमएले जापानको पूर्वी तटका केही भागहरूका लागि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीको लहर एक मिटर (३.३ फिट) सम्म पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ । जेएमएका अनुसार आओमोरी प्रिफेक्चरको हाचिनोहे सहरमा २० सेन्टिमिटर (८ इन्च) को सुनामी लहर रेकर्ड गरिएको छ ।
जापानको आपत्कालीन चेतावनी एप एनईआरभीका अनुसार आओमोरी प्रिफेक्चरको मुत्सु सहरमा करिब ६,००० मानिसहरूलाई सुरक्षित स्थानमा जानका लागि सूचना जारी गरिएको छ ।

.gif)