sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा

२५ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत देखिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भेनेजुएला तट नजिकै एउटा ठूलो तेल ट्यांकर कब्जा गरेको बताएका हुन । 

यो ट्यांकर भेनेजुएला र इरानको प्रतिबन्धित तेल ढुवानीमा संलग्न भएको अमेरिकी दाबी छ । भेनेजुएलाले भने अमेरिकी  कदमलाई अन्तर्राष्ट्रिय समुद्री डकैती भनेको छ । यसअघि नै राष्ट्रपति मदुरोले भेनेजुएलालाई तेल उपनिवेश बनाउन नदिने जनाएका थिए । यस घटनाले विश्वबजारमा तेल आपूर्तिको डर बढेपछि तेलको मूल्य केही बिन्दुले बढेको विश्लेषकहरूले बताएका छन् । 

अमेरिकी कारबाहीमा २ हेलिकप्टर, १० कोस्ट गार्ड सदस्य, १० वटा आधुनिक डुङ्गा र विशेष फोर्सहरू सहभागी थिए । हालै अमेरिकाले झन्डै ९ हजार सैनिकलाई क्यारेबियन समुद्री क्षेत्र (भेनेजुएलाको उत्तरी सीमा) मा तैनाथ गरेको छ । विश्वकै सबैभन्दा ठूलो युद्धपोतसमेत भेनेजुएलाको नजिक परिचालित गरिएको छ जसले सैन्य कारबाहीको आशंकालाई बढाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्