एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
आज १४ वटै समितिका संयोजकहरूले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपका विषयमा पनि जानकारी गराइने छ ।

.gif)