इलाम-२ मा प्रत्यक्षतर्फ युवा नेता नगेन्द्र कुमार कुमालको नाम सिफारीस
काठमाडौं । नेपाली कांग्रेस इलाम क्षेत्र न.२ ले प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि नगेन्द्र कुमार कुमालको नाम सिफारीस गरेको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचको लागी नेता कुमालको नाम सिफारीस भएको हो । नेता कुमाल संविधान सभा सदस्य समेत हुन् भने उनी नेपाल जनजाती महासङ्घको केन्द्रीय अध्यक्ष भइसकेका छन् ।
इलाममा नयाँ पुस्ता निकै पपुलर देखिएका कुमाल इलाममा पर्यटन र कृषिबाट इलामको विकाशमा र रोजगारमा टेवा पुर्याउन सकिन्छ भने विश्वासका साथ त्यस क्षेत्रमा निरन्तर लागि रहेका नेता हुन् ।
क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्षतर्फ उम्मेदवारका बन्न आकांक्षी अन्य नेताहरुको नाम पनि भएको छ । सबैको क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमिति पठाएको छ ।

.gif)