sevenstartv.com २१ मंसिर २०८२, आइतवार

एनपीएल अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

२१ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने छ । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन् । लगातारको असफलतापछि जनकपुरले कप्तान भने अधिकांश खेलमा परिवर्तन गर्दै आएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्