sevenstartv.com २० मंसिर २०८२, शनिवार

वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगन्जमा विरोध प्रदर्शन भएको छ । उक्त निर्णयविरुद्ध वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन गरिएको हो । 

सर्वोच्च अदालतको आदेश विपरीत मन्त्रिपरिषद‌्बैठक बसेर मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेका थिए । बैठकले शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनकारीहरूले अदालतको आदेश र प्रदेशको संवेदनशीलता विपरीत विधेयक ल्याउन खोजिएको भन्दै कडा विरोध गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्