sevenstartv.com २० मंसिर २०८२, शनिवार

राजेन्द्र शाक्य पक्राउ

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको बताइएको छ ।  प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्